शुक्रबार, असार १४ गते २०८२

टर्कीमा आगलागी : ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

टर्कीमा आगलागी : ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

अखबार दैनिक
शुक्रबार, असार १४ २०८२
  • टर्कीमा आगलागी : ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

    टर्की । टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । बुधबार दिउँसोदेखि सुरु भएको डढेलो आलियागा र फोका जिल्लाको बिचको जङ्गल क्षेत्रमा तीव्र हावा चल्दा तीव्र गतिमा फैलिएको हो ।

    images

    आगलागी लाग्नुका कारण अज्ञात रहेको बताइएको छ । आगलागी नियन्त्रण प्रयासमा आठ विमान, १६ हेलिकोप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३ बुलडोजर र ६२५ कर्मचारी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    इज्मिर प्रान्तीय गभर्नर सुलेमान एल्बानले १७५ इलिपिनार छिमेकी घरहरू खाली गराइएको छ भने ५५० जनाभन्दा बढी बासिन्दालाई स्थानान्तरण गरिएको बताउनुभयो । न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ