सोमबार, वैशाख ३० गते २०८२

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

अखबार दैनिक
मंगलबार, साउन ३० २०८०
  • वाइल्ड कार्डबाट प्रवेश भएका एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

    एजेन्सी - बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट । 

    images

    सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् ।

    अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेक बीच भयो । र बाजी मारे एल्विशले । उनले ट्रफी र २५ लाख भारु इनाम पाए ।

    एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा छन् । यसै कारण यो प्रतिस्पर्धामा एल्विशको लोकप्रियता अभिषेकमाथि भारी पर्‍यो । अभिषेक यो संस्करणको सुरुदेखि नै बिग बसको घरमा थिए ।

    उनले थुप्रै पटक यसबारे कुरा पनि गरेका थिए । अभिषेकले आफू बिग बसको घरमा पहिलेदेखि नै भएकोले विजेताको हकदार आफू नै हुनुपर्ने भन्दै एल्विशसँग बहस पनि भएको थियो ।

    फाइनल अघि अभिषेक बिरामी परेका थिए । उनलाई अस्पतालमा भर्ना पनि गर्नुपरेको थियो । तर फाइनलमा उनी कार्यक्रममा फिर्ता भए ।  तर उनले एल्विशलाई उछिन्न सकेनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ