सोमबार, असार ३१ गते २०८२

इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी

इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी

अखबार दैनिक
मंगलबार, भदौ ५ २०८०
  • इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी

    एजेन्सी - भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ मिसनको अन्तिम चरणको बारेमा नयाँ जानकारी सार्वजनिक गरेको छ । इसरोले ट्विट गर्दै मिसन तालिका अनुसार चलिरहेको  र उपग्रह सुचारु रूपमा अघि बढिरहेको बताएको छ ।

    images

    इसरोले ट्विट गर्‌याे, ‘मिसन अपरेसन कम्प्लेक्स (एमओएक्स) ऊर्जा र उत्साहले भरिएको छ ।’ यसका साथै इसरोले अवतरण अपरेसनको प्रत्यक्ष प्रसारण अगस्ट २३, २०२३ मा साँझ ५.२० बजेबाट सुरु हुने बताएको छ ।

    यससँगै इसरोले १९ अगस्ट २०२३ मा ७० किलोमिटर टाढाबाट ल्यान्डरबाट लिएको चन्द्रमाको तस्बिर पनि जारी गरेको छ । यी तस्बिरहरू ल्यान्डर पोजिसन डिटेक्शन क्यामेरा (एलपिडिसी) बाट लिइएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ