सोमबार, असार ३१ गते २०८२

बुद्धनगरमा ‘८ नम्बर’ को भैँसीको आतंक

बुद्धनगरमा ‘८ नम्बर’ को भैँसीको आतंक

अखबार दैनिक
बुधबार, भदौ ६ २०८०
  • बुद्धनगरमा ‘८ नम्बर’ को भैँसीको आतंक

    काठमाडौं । काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका छन् । भैंसी अहिले बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको छ । 

    images

    डिभिजन वन कार्यालयको टोलीको सहयोगमा ज्ञान निकेतन स्कुलबाट भैंसी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले  बताए । भैंसिको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने डिएसपी श्रीवास्तवले बताए । 

    डिभिजन वन कार्यालयको टोलीले भैंसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रहार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ