सोमबार, असार ३१ गते २०८२

आजको राशिफल : २०८० भाद्र ७ गते बिहीवार

आजको राशिफल : २०८० भाद्र ७ गते बिहीवार

अखबार दैनिक
बिहीबार , भदौ ७ २०८०
  • आजको राशिफल : २०८० भाद्र ७ गते बिहीवार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ।

    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा विशेष फाइदा हुनेछ । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । कामको मेसो नमिल्दा अलि पछि परिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ