बुधबार, जेठ २ गते २०८२

माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की

माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की

अखबार दैनिक
आइतबार, भदौ २४ २०८०
  • माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले आइतबार सो कुरा बताएका हुन् । 

    images

    उनले पार्टीमा टिबी लागेको हो कि अल्सर बिग्रेर क्यान्सर हुन लागेको त्यसको उपचारको खोजी भइरहेको जिकिर गरे ।  लक्षण हेर्दा पहिलो चरणको क्यान्सर हो कि भन्ने चिन्ता लागेको भन्दै उनले तीन महिने अभियानपछि रोग निदानका लागि गम्भीर समीक्षा हुने बताए । 

    ‘माओवादीप्रति जनताको व्यापक गुनासो छ । शान्ति प्रक्रियामा आएपछि हाम्रो पार्टीमा गम्भीर रोगको लक्षण देखिएको छ । टिबी लागेको हो कि पहिलो चरणको क्यान्सर हो । त्यसको कारणको खोजी भइरहेको छ । तीन महिने अभियानपछि निदानका लागि गम्भीर समीक्षा हुन्छ’,  कार्कीले भने । 

    पछिल्लो समय पार्टीका नेताहरू श्रमजीवी वर्ग, मजदुर, किसान, सर्वहारा जनताबाट टाढिँदै गएको र ठेकदार, व्यापारी, तस्करीसँग नजिक हुँदै गएकोमा पनि उनले असन्तुष्टि पोखे ।  कार्कीले बेलैमा माओवादीमा लागेको रोगको उपचार गर्न नसके निको नहुने चेतावनी समेत दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ