बिहीबार , साउन २१ गते २०८३

रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

अखबार दैनिक
मंगलबार, असार ३१ २०८२
  • रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन्। ट्रम्पले भने, म धेरै कुराको लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्न धेरै राम्रो हुन्छ। ट्रम्पले यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेनन् भने उनीमाथि १०० प्रतिशत कर लगाइने बताए। ट्रम्पले भने, यो दोस्रो कर हुने छ, जसको अर्थ भारत र चीन जस्ता रूसबाट तेल खरिद गर्ने देशहरूलाई पनि प्रतिबन्ध लगाइने छ।

    ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँग भेटवार्ता गरे। यस क्रममा ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा पनि गरे। उनले भने, युक्रेनलाई रुसको आक्रमणबाट बच्न हतियार चाहिन्छ। ट्रम्पले आफ्नो योजना अन्तर्गत युरोपेली देशहरूले अमेरिकाबाट हतियार किनेर युक्रेनलाई दिने बताए। युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली, छोटो दूरीको मिसाइल, हावित्जर शेल र मध्यम दूरीको हावाबाट हावामा प्रहार गर्ने मिसाइलहरू दिन सकिने उनले बताए। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार