सोमबार, वैशाख ३० गते २०८२

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

अखबार दैनिक
आइतबार, असोज २१ २०८०
  • फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

    काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

    images

    ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।

    अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखिएको छ । अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ