बिहीबार , जेठ ३ गते २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिम्नामा स्वागत गर्दै माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिम्नामा स्वागत गर्दै माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा

अखबार दैनिक
बुधबार, मंसिर २० २०८०
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिम्नामा स्वागत गर्दै माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा

    ‘राजनीतिमा न कोही स्थायी मित्र हुन्छ, न त शत्रु नै।’ मंगलबार जाजरकोटमा यस्तै दृश्य देखियो। पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरे। यात्रामा रहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नमस्कार गरेर हात मिलाए। यसले बैरभाव बिर्सिएर राजनीतिक सद्भावलाई प्रष्ट देखाउँछ। 

    images

    Janrdan_FnQcY14xqU.jpg

    मंगलबार अध्यक्ष ओली भूकम्पको केन्द्रबिन्दु जाजरकोट पुगेका हुन्। माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) रुकुमबाट जाजरकोटको रिम्ना पुगेका थिए ओलीको स्वागतका लागि।

    youth-volenter_sfWCk5TKGs.jpg

    ओलीको स्वागतका लागि शर्मा सर्वसाधारणको लाइनमा बसेका थिए। शर्माले ओलीलाई नमस्कार गरे। ओलीले पनि मुस्कुराउँदै धन्यवाद भने। केहीबेर ओली र शर्माबीच कुराकानी पनि भएको थियो। 

    youth_gi78feIYck.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ