बिहीबार , जेठ ३ गते २०८२

तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

अखबार दैनिक
बुधबार, मंसिर २० २०८०
  • तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिव र कर्मचारीहरूलाई तत्काल सेवा प्रवाहमा सुधार गर्ने गरी काम थाल्न निर्देशन दिएका छन् । उनले नागरिकले तत्काल शासकीय सुधार खोजिरहेको भन्दै त्यसका लागि तत्काल र दीर्घकालीन रूपमा के कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्न निर्देशन दिए ।

    images

    408681736_878526913637706_7727958713097977400_n.jpg

    तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल
    बुधबार नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले नागरिकले सरकारको सेवा प्रवाहमा चित्त नबुझेका कारण सरकार, कर्मचारीतन्त्र र राजनीतिक दलहरूप्रति असन्तुष्टि पोख्न थालेको बताए ।

    408694586_878526936971037_3982963771591305561_n.jpg


    ‘सरकार, कर्मचारीतन्त्र, राजनीतिक दल र हाम्रो प्रणालीप्रति नै सर्वसाधारण नागरिकले असन्तुष्टि पोख्न थालेका छन् । त्यसकारण अब सरकारले प्रशासनिक सुधारमा मात्रै होइन, शासकीय सुधारमै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने ।

    प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि समेत दीर्घकालिन योजनाहरू तय गर्नुपर्ने बताए । ‘अर्थतन्त्रमा सामान्य सुधारले मात्रै केही हुने देखिएन । हामीले प्रयास गर्दा पनि विगतदेखि नै निरन्तर असफलताको सामना गरिरहेका छौँ । आगामी वर्षसम्ममा गुणात्मक सुधारका लागि बलियो पूर्वतयारी र प्रयास गर्न आवश्यक देखिएको छ,’ उनले भने, ‘हामी कहाँनेर चुकिरहेका छौँ ? कसरी असफल भइरहेका छौँ ? त्यसको गहिरो खोजबिन गरेर अघि बढ्नुपर्नेछ ।’

    407093449_878526910304373_3730449994391430955_n.jpg

    उनले अर्थतन्त्र सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्ने विषयमा समेत छलफल गर्नुपर्ने बताए ।

    407101857_878526946971036_1632974114050936523_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ