शुक्रबार, साउन २२ गते २०८३

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर : राक्षसकी रानी र राजकुमारीको लडाइँको कथा (भिडियो )

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर : राक्षसकी रानी र राजकुमारीको लडाइँको कथा (भिडियो )

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर : राक्षसकी रानी र राजकुमारीको लडाइँको कथा (भिडियो )

    काठमाडौँ – चैत १६ गते प्रदर्शन हुने पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को आधिकारिक टिजर सार्वजनिक भएको छ । युट्युब च्यानल ओएसआर डिजिटलबाट अपलाेड भएको उक्त टिजर दुई मिनेट लामो छ । सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा फिल्ममा छ । कथासँग एनिमेसन र भीएफएक्सको प्रयास प्रशंसनीय छ । यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ ।

    यसमा अडिओ आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग गरिएको छैन । निर्देशक तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगीन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । आइटी नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् ।

    फिल्मको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल छन् । देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् । टिजरमा पहिलो पटक कार्यक्रम सञ्चालक सुशील नेपालको एनिमेटेड अवतार राखिएको फिल्मका निर्देशक तेजसराज जोशीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार