बिहीबार , साउन २१ गते २०८३

यस्तो छ अल्लु अर्जुनको फिल्म 'पुष्पा २' को टिजर (भिडिओ)

यस्तो छ अल्लु अर्जुनको फिल्म 'पुष्पा २' को टिजर (भिडिओ)

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • यस्तो छ अल्लु अर्जुनको फिल्म 'पुष्पा २' को टिजर (भिडिओ)

    दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म 'पुष्पा २' को टिजर सार्वजनिक गरिएको छ।सोमबार निर्माण टिमले अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरेका हुन्। सार्वजनिक टिजरमा अल्लु अर्जुनलाई सारी लगाएको देख्न सकिन्छ। 

    फिल्मको पहिलो पार्टलाई 'पुष्पाः द राइज' को भनिएको थियो भने दोस्रो पार्टलाई 'पुष्पाः द रूल' भनिएको छ। 'पुष्पाः द राइज' मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।

    'पुष्पा २' ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२४ अगस्त १५ मा रिलिज हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार