आइतबार, कात्तिक २५ गते २०८२

नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की

नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८१
  • नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन आवश्यक भएको बताएकी छन्। मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद डा कार्कीले यस्तो बताएकी हुन्।

    उनले सरकारी, निजी तथा सामुदायिक अस्पताल कसरी सञ्चालन हुने तथा त्यस्ता अस्पतालको स्वास्थ्य  सेवालाई प्रभावकारी बनाउन उक्त ऐन जरुरी भएको उनले बताए। 

    निजी अस्पताहरुले १० प्रतिशत नि:शुल्क बेड दिनुपर्ने कानुनी प्रावधान समेत कार्यान्वयन हुन नसकेको बताइन्। नदिइएमा कस्तो कारबाही हुने भन्ने स्पष्ट नभएका कारण यस्तो अवस्था आएको उनको भनाइ छ। 

    उनले प्रश्न गरिन्,  '१० प्रतिशत निशुल्क बेड भनेर अन्य सेवाको चर्को शुल्क असुल्न पाइने हो? बेड मात्रै निशुल्क हो कि, अस्पतालले दिने अन्य सेवा पनि निशुल्क हुन्? बेड अनुपातको १० प्रतिशत हो कि बिरामीको अनुपातको १० प्रतिशत हो ? प्रष्ट हुनुपर्छ।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ