सोमबार, भदौ १५ गते २०८३

एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । सगरमाथा आधार शिविर (एभरेष्ट बेसक्याम्प)को अवलोकन गरेपछि उनी स्वदेश फर्किएका हुन् ।

    karnali-yaks-dhawan-5-1200x800.jpg

    धवनसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले हेलिकोप्टरमा गएर आइतबार सोलुखुम्बुस्थित एभरेष्ट बेसक्याम्पको अवलोकन गरेको थियो । उनीहरूले ३–४ घण्टाको समय एभरेष्ट बेसक्याम्पमा बिताएका थिए । त्यसपछि आइतबार साँझ काठमाडौं आएर धवन एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

    karnali-yaks-dhawan-6.jpg

    यसअघि उनले काठमाडौंको पशुपतिनाथ दर्शन गरेका थिए । धवनले आउँदो मार्चमा फेरि नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् । कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनले एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो, नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।

    karnali-yaks-dhawan-7.jpg

    भारत जानुअघि कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल, कप्तान सोमपाल कामीलगायतले धवनलाई अंकमाल गरेर बिदाइ गरेका थिए । साथै खेलाडीहरूले उनीसँग अटोग्राफ लिएका थिए ।

    karnali-yaks-dhawan-9.jpgkarnali-yaks-dhawan-10.jpgkarnali-yaks-dhawan-12-1200x800.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ