सोमबार, भदौ १५ गते २०८३

२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

अखबार दैनिक
बिहीबार , मंसिर २७ २०८१
  • २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

    फिफा विश्वकप सन् २०३४ को आयोजनाको जिम्मा साउदी अरेबियाले पाएको छ। एसियन राष्ट्र साउदी अरेबियामा हुने यो प्रतियोगिता ४८ टोली सहभागी विश्वकपको एकल आयोजकका रुपमा रहने पहिलो देशसमेत बन्ने छ।

    त्यसअघि २०३० को विश्वकप आयोजनाको जिम्मा भने स्पेन, पोर्चुगल र मोरक्कोले गर्ने भएको छ। दुवै विश्वकप आयोजना गर्ने तय २ सय ११ फिफा सदसिय राष्ट्रहरुको भर्चुअल बैठकमार्फत (भिडियो कन्फ्रेन्स)मार्फत आफ्नो मत दिएका थिए।

    साउदी अरेबियाका पाँच शहरहरूमा फिफा विश्वकप आयोजना हुनेछ। जसमा रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा विश्वकप खेलहरु हुने जनाइएको छ। ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने रङ्गशालाका रुपमा हुनेछ।

    खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ। त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्दा प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ