सोमबार, वैशाख ३० गते २०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

अखबार दैनिक
शुक्रबार, मंसिर २८ २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

    नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको हो । आज बस्ने स्थायी कमिटीको बैठकमा चार विषयमा छलफल हुने छ । स्थानीय तहको गत उपचुनावको समीक्षा गर्ने एजेन्डा गरेको छ । त्यस्तै अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि हुने सम्मेलनबारे छलफल हुनेछ ।

    images

    त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुनः पार्टी राजनीतिमा सक्रिय हुने तयारीमा छन् । त्यसका लागि उनलाई माओवादी केन्द्रले पार्टीको उपाध्यक्ष बनाउने तयारी गरेको छ । त्यसबारेमा पनि छलफल हुनेछ । त्यस्तै यही २ पुसदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ