नेकपा (एमाले)को कारबाहीमा परेका नेता भीम रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताएका छन् ।
एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन गरेका रावलले ओलीविरुद्ध उमेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए ।
“मलाई अध्यक्षमा उमेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध तपाईंले किन उमेदवारी दिएको ?,” रावलले भने, “के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?”