मंगलबार, साउन १ गते २०८२

सर्वोच्च अदालतले ट्रम्पलाई दियो शिक्षा मन्त्रालयका सामूहिक कर्मचारी कटौतीको अनुमति

सर्वोच्च अदालतले ट्रम्पलाई दियो शिक्षा मन्त्रालयका सामूहिक कर्मचारी कटौतीको अनुमति

अखबार दैनिक
मंगलबार, साउन १ २०८२
  • सर्वोच्च अदालतले ट्रम्पलाई दियो शिक्षा मन्त्रालयका सामूहिक कर्मचारी कटौतीको अनुमति

    एजेन्सी । अमेरिकाकाे सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सङ्घीय शिक्षा मन्त्रालयले पाइरहेको पैसा र संसाधन कटौतीको योजनामा अगाडि बढ्न अनुमति दिएको छ ।

    images

    मन्त्रालयबाट १ हजार ४०० कर्मचारी निकाल्ने र यसले गर्दै आएको प्रमुख काम अन्य सङ्घीय एजेन्सीलाई सुम्पने ट्रम्प प्रशासनको निर्णयमा सङ्घीय न्यायाधीशले लगाएको रोक सर्वोच्च अदालतले बहुमतले सोमबार फुकुवा गरेको छ ।

    ट्रम्प प्रशासनको कदम रोक्ने तल्लो अदालतको निर्णयले कानुनी चुनौतीको सामना गरिरहेको समयमा यो निर्णय भएको हो । सर्वोच्च अदालतको यस निर्णयले ट्रम्प प्रशासनलाई निकै ठुलो राहत दिएको छ । 

    अमेरिकी कंग्रेसले १९७९ मा शिक्षा मन्त्रालय खडा गरेको थियो । कंगेसले मात्रै यसलाई बन्द गर्न सक्थ्यो । तर ट्रम्पले मन्त्रालयबाट एकै पटक धेरै मान्छे निकालेर यसलाई काम गर्नै नसक्ने बनाउन खोजेको समाचारमा बताइएको छ । 

    उनको यस कदमले अन्ततः मन्त्रालय पूरै बन्द हुनेछ । मन्त्रालयबाट सामूहिक रूपमा कर्मचारी निकाल्ने निर्णयबारे प्रशासनले पेस गरेको तर्कलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ । 

    टु«थ सोसलमा एउटा पोस्ट गर्दै ट्रम्पले सर्वोच्च अदालतको यस निर्णयको प्रशंसा गरेका छन् । तर शिक्षा मन्त्री लिन्डा म्याक्मोहनले यस निर्णयलाई लज्जास्पद भनेकी छिन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ