नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्। शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्।
दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्। जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।