सोमबार, भदौ १५ गते २०८३

सुरु भयो प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

सुरु भयो प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

अखबार दैनिक
शुक्रबार, माघ २५ २०८१
  • सुरु भयो प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ।

    आजै कानुनमन्त्री चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्। आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्र महासन्धि, प्रोटोकल र सिफारिससम्बन्धी प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ