सोमबार, भदौ १५ गते २०८३

केपी ओली कप फुटबल हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

केपी ओली कप फुटबल हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

अखबार दैनिक
शुक्रबार, फागुन ९ २०८१
  • केपी ओली कप फुटबल हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

    फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे । केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।

    बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि उनीहरु नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।

    सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।

    बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।

    बफोनलाई फागुन १७ गते नेपाल ल्याउने तयारी रहेको संघका सचिव पौडेलले जानकारी दिए । उनले दशरथ रंगशालमा फाइनल खेल अवलोकन गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ