नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा म्याराथन दौडेर गिनीज वर्ल्ड रेकर्ड्समा सन्तोष राईले नाम दर्ता गराए । आफ्नो सम्पदाको सम्मान गर्दै धरान रनका संस्थापक सन्तोष राईले परम्परागत नेपाली पोशाक दौरा सुरुवालमा सजिएर बेलायतको लण्डनमा सम्पन्न लण्डन म्याराथन २:५९:४७ घण्टामा ४२ किलोमीटर दौड पूरा गरी आफ्नो नाम गिनीज वर्ल्ड रेकर्ड्समा सबैभन्दा छिटो म्याराथन दौडेर नाम दर्ता गराएका छन्।
