सोमबार, भदौ १५ गते २०८३

रोनाल्डो पनि क्लब विश्वकपमा खेल्न सक्छन् : फिफा अध्यक्ष

रोनाल्डो पनि क्लब विश्वकपमा खेल्न सक्छन् : फिफा अध्यक्ष

अखबार दैनिक
आइतबार, जेठ ११ २०८२
  • रोनाल्डो पनि क्लब विश्वकपमा खेल्न सक्छन् : फिफा अध्यक्ष

    फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस गर्मीमा क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा खेल्न सक्ने कदमको बारेमा ‘छलफल भइरहेको’ दाबी गरेका छन् । रोनाल्डोको क्लब अल नासर विस्तारित प्रतियोगिताको लागि छनौट हुन असफल भयो, जसमा पहिलो पटक ३२ क्लबहरू हुनेछन् । तर इन्फान्टिनोले नयाँ ढाँचामा हुन लागेको र निकै चर्चामा रहेको क्लब विश्वकपमा ४० वर्षीय पोर्चुगलका फरवार्डको टिम छनौट नै नभएपछि उनलाई कुनै न कुनै विकल्पबाट प्रतियोगितामा सामेल गराउन छलफल गरिरहेका छन् । यसको विकल्पको बारेमा फिफा अध्यक्षले प्रयास गरिरहेको उनको भनाइ छ ।

    एक अन्तर्वार्तामा कुरा गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले भने– ‘रोनाल्डो क्लब विश्वकपमा पनि कुनै एक टोलीबाट खेल्न सक्छन् । यसका लागि छलफलहरू जारी छन् । हो, क्रिस्टियानो रोनाल्डो क्लब विश्वकपमा खेल्न सक्छन्, हो । केही क्लबहरूसँग छलफलहरू जारी छन् । त्य

    फिफाले यस गर्मीमा जुन १ देखि जुन १० सम्म चल्ने अतिरिक्त ट्रान्सफर विन्डो प्रस्तुत गरेको छ, जसले गर्दा क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने क्लबहरूले जुन १४ देखि जुलाई १३ सम्म संयुक्त राज्य अमेरिकामा हुने प्रतियोगिताको लागि समयमै ट्रान्सफर पूरा गर्न सक्नेछन् । ५ पटकका बालोन डी‘ओर विजेता रोनाल्डो २०२२ मा म्यानचेस्टर युनाइटेड सिजनको मध्यतिर छोडेपछि अल नासरमा सामेल भए । उनको सम्झौता यस गर्मीमा समाप्त हुनेवाला छ । यद्यपि, रिपोर्टहरूले सुझाव दिएका थिए कि, उनी क्लबसँग नयाँ सर्तहरूमा सहमत हुने नजिक थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ