मंगलबार, असार ४ गते २०८२

अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी

अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी

    सिरहा । जारी त्रिदेशीय टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् ।स्कटल्यान्डको टिटउट रङ्गशालामा सोमबार राति भएको नेदरल्यान्डस् विरुद्धको खेलमा सिरहाको बरियारपट्टि गाउँपालिका–४ का नन्दन यादव र औरही गाउँपालिका–३ ईंटाटारका रुपेशकुमार सिंह सहभागी हुनुभएको हो ।

    images

    तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको उक्त प्रतियोगितामा ‘डेब्यु’ गरेका नन्दन र रुपेश दुवैले राम्रो प्रभाव छोड्न सफल हुनुभएको छ । नन्दनले २।५ ओभर बलिङमा १८ रन दिएर महत्त्वपूर्ण दुई विकेट लिनुभयो । उहाँको इकोनोमी ६।३५ रहेको थियो । त्यसैगरी रुपेशले ३ ओभर बलिङ गरेर ३१ रन खर्चिनुभयो । नन्दनले ब्याटिङतर्फ ‘नटआउट’ चार बलमा १२ रन बटुल्न सफल हुनुभयो । खेललाई सुपर ओभरमा धकेल्न उहाँको महत्वपूर्ण योगदान रह्यो ।

    नन्दन डिभिजन टूअन्तर्गतका एक दिवसीय खेलमा उम्दा प्रदर्शन गर्नुभएको खेलाडी हुनुहुन्छ भने रुपेश यसअघि हङकङ सिरिजमा नेपाली टोलीमा रहनुभएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा दुई खेलाडीको सहभागितासँगै जिल्लाका क्रिकेटप्रेमीहरु उत्साहित भएका छन् ।

    नेदरल्यान्डस्सँग निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्डस्बीचको त्रिकोणीय टी–ट्वान्टी अन्तरराष्ट्रिय सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्नेछ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ