एजेन्सी। इजरायल र इरानबिच जारी द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा इरान र युरोपेली देशहरूबिच भएको युद्धविराम वार्ताले कुनै नतिजा निकालेको छैन । यस्तोमा इजरायलले आफू लामो सैन्य कारबाहीको लागि तयार रहेको बताएको छ ।
दुई पक्षबिच निरन्तर भइरहेका आक्रमणहरूका बिचमा अमेरिका पनि खुलेआम युद्धमा होमिएको छ । इरानका तीन आणविक केन्द्रहरूमा सफल आक्रमण गरेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भनेका छन् ।
इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इजरायलको विमानस्थल प्राधिकरणले आइतबार देशको हवाई क्षेत्र आगमन र बाहिरिने दुवै उडानहरूका लागि बन्द गर्ने घोषणा गरेको छ। एजेन्सीले हवाई यातायात बन्द गरिरहेको बताएको छ। अमेरिकाले शनिबार र आइतबारको मध्यरातमा इरानका तीन स्थानमा आक्रमण गरेको छ।
इरानमाथि इजरायली आक्रमणमा हालसम्म ८६५ जनाको मृत्यु भइसकेको छ । अरू ३ हजार ३९६ जना घाइते भएका छन् । वासिङ्टनस्थित मानव अधिकार समूहले मृतकहरूमा ३६३ सर्वसाधारण र २१५ सुरक्षा बलका कर्मचारी रहेको बताएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली आक्रमणमा लगभग ४०० इरानी मारिएको र ३,०५६ जना घाइते भएको बताएको छ ।