बिहीबार , साउन २१ गते २०८३

इजरायली आक्रमणमा इरानमा मर्नेको संख्या ८६५ पुग्यो

इजरायली आक्रमणमा इरानमा मर्नेको संख्या ८६५ पुग्यो

अमेरिका इरानको आणविक केन्द्रहरूमा आक्रमणमा संलग्न भएको छ, राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भनेका छन्, र इजरायलले हवाई क्षेत्र बन्द गरेको छ।

अखबार दैनिक
आइतबार, असार ८ २०८२
  • इजरायली आक्रमणमा इरानमा मर्नेको संख्या ८६५ पुग्यो

    एजेन्सी। इजरायल र इरानबिच जारी द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा इरान र युरोपेली देशहरूबिच भएको युद्धविराम वार्ताले कुनै नतिजा निकालेको छैन । यस्तोमा इजरायलले आफू लामो सैन्य कारबाहीको लागि तयार रहेको बताएको छ । 

    दुई पक्षबिच निरन्तर भइरहेका आक्रमणहरूका बिचमा अमेरिका पनि खुलेआम युद्धमा होमिएको छ । इरानका तीन आणविक केन्द्रहरूमा सफल आक्रमण गरेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भनेका छन् । 

    इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इजरायलको विमानस्थल प्राधिकरणले आइतबार देशको हवाई क्षेत्र आगमन र बाहिरिने दुवै उडानहरूका लागि बन्द गर्ने घोषणा गरेको छ। एजेन्सीले हवाई यातायात बन्द गरिरहेको बताएको छ। अमेरिकाले शनिबार र आइतबारको मध्यरातमा इरानका तीन स्थानमा आक्रमण गरेको छ।

    इरानमाथि इजरायली आक्रमणमा हालसम्म ८६५ जनाको मृत्यु भइसकेको छ । अरू ३ हजार ३९६ जना घाइते भएका छन् । वासिङ्टनस्थित मानव अधिकार समूहले मृतकहरूमा ३६३ सर्वसाधारण र २१५ सुरक्षा बलका कर्मचारी रहेको बताएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली आक्रमणमा लगभग ४०० इरानी मारिएको र ३,०५६ जना घाइते भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार