बिहीबार , साउन २१ गते २०८३

इरानी राष्ट्रपतिले भने-१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं

इरानी राष्ट्रपतिले भने-१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं

अखबार दैनिक
बुधबार, असार ११ २०८२
  • इरानी राष्ट्रपतिले भने-१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं

    इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् ।
    पेजेस्कियनले युद्धविराम लागु भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।’

    इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्नुका साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनले जिकिर गरेका छन् । यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताए ।

    मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् । अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे । उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउने आधार उनीहरूको विकासको गति बढाउनु रहेको उल्लेख गरे ।

    यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ । शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू फोर्डो, नटान्ज र इस्फहानमा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

    इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्धविराम मङ्गलबारदेखि सुरु हुने घोषणा गरेका थिए । यसलाई इरान र इजरायल दुवैले स्वीकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ । सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार