बिहीबार , साउन २१ गते २०८३

इजरायली आक्रमणमा इरानी वैज्ञानिक र उनका परिवारका ११ सदस्यको मृत्यु

इजरायली आक्रमणमा इरानी वैज्ञानिक र उनका परिवारका ११ सदस्यको मृत्यु

अखबार दैनिक
बिहीबार , असार १२ २०८२
  • इजरायली आक्रमणमा इरानी वैज्ञानिक र उनका परिवारका ११ सदस्यको मृत्यु

    एजेन्सी । इजरायली आक्रमणमा एक इरानी वैज्ञानिक र उनका ११ परिवारका सदस्यको मृत्यु भएको छ। इरानको अंग्रेजी समाचार च्यानल प्रेस टिभीले यो जानकारी दिएको हो। आणविक वैज्ञानिक सदीघी साबेर बाहेक मृत्यु हुनेमा वृद्धवृद्धा, महिला र बालबालिका रहेका छन्। रिपोर्टका अनुसार युद्धविराम लागू हुनुभन्दा ठीक अघि सोमबार राति आक्रमण भएको थियो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा इरानले युद्धमा बहादुरी देखाएको बताएका थिए। ‘उनीहरूले तेलको व्यापार गर्छन्। म चाहन्छु भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्नँ, उनले भने।

    उनले युद्ध पछिको घाटा पूर्ति गर्न इरानले तेल बेच्नु आवश्यक रहेको बताए छन्। ‘यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन, ट्रम्पले भने, ‘इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ।’

    यद्यपि, ह्वाइट हाउसका अधिकारीले यो इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धमा राहतको घोषणा नभएको स्पष्ट पारेका थिए। इरान र इजरायलबीचको १२ दिनको युद्धपछि ट्रम्पले मंगलबार युद्धविरामको घोषणा गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार