बिहीबार , साउन २१ गते २०८३

टेक्ससमा बाढी : ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

टेक्ससमा बाढी : ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

अखबार दैनिक
सोमबार, असार २३ २०८२
  • टेक्ससमा बाढी : ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

    काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा आएको आकस्मिक बाढीमा परी हालसम्म ७८ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन् ।सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ । त्यहाँ २८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत र उद्धार अभियान जारी रहेको बीबीसीले जनाएको छ ।

    सरकारी अधिकारीले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । बाढीबाट केर काउन्टीको नदी किनारमा अवस्थित क्याम्प मिस्टिक गम्भीर रूपमा प्रभावित भएको छ । त्यहाँका १० बालिका र एक काउन्सिलर हालसम्म बेपत्ता छन् । खोजी अभियानको मुख्य केन्द्र यही क्षेत्र बनेको छ ।

    केर काउन्टीका प्रहरी अधिकारी ल्यारी एल लिथाले भनिन्, “हामी हरेक व्यक्तिलाई नभेटेसम्म खोजीकार्य जारी राख्नेछौँ ।”टेक्ससका गभर्नर ग्रेग एबटले सबै बेपत्ता व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराखिने बताए ।यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपत्कालीन अवस्थासँग जुध्न स्थानीय अधिकारीसँग मिलेर काम गरिरहेको बताएका छन् ।

    त्यहाँको मौसम विभागले आउँदो २४ देखि ४८ घण्टामा उक्त क्षेत्रमा आँधी आउन सक्ने जनाएको छ । त्यसबाट राहत कार्यमा असर पुग्न सक्ने चेतावनी दिइएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार