बिहीबार , साउन २१ गते २०८३

एयर इन्डियाको बिमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह

एयर इन्डियाको बिमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह

अखबार दैनिक
बिहीबार , साउन १ २०८२
  • एयर इन्डियाको बिमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह

    काठमाडौं । भारतको अहमदाबादमा गत जुन १२ मा भएको एयर इन्डियाको बिमानको इन्जिनमा पाइलटले नै इन्धन प्रवाह रोेकेको बताइएको छ ।

    अमेरिकी प्रारम्भिक मूल्याङ्कनका अनुसार ब्ल्याक–बक्स रेकर्डिङले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिनमा इन्धन प्रवाह बन्द गरेको बताएको छ । सञ्चारमाध्यमहरुले प्रारम्भीक अमेरिकी प्रमाणहरुको मूल्यांकनलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।

    वाल स्ट्रिट जर्नलले बुधबार रिपोर्ट गरेको पहिलो अधिकारी क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई सोधे कि उनले धावनमार्गबाट उत्रिएपछि स्विचहरू ‘कटअफ’ स्थितिमा किन सारेका थिए । यद्यपी, सम्बन्धित भारतीय अधिकारीहरूले रिपोर्टको जवाफ दिएका छैनन् ।

    भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई) द्वारा जुलाई १२ मा जारी गरिएको प्रारम्भिक अनुसन्धान रिपोर्टले देखाएको छ कि हालै दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो ।

    भारतीय मिडियाका अनुसार, रिपोर्टमा भनिएको छ कि उडान एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा स्विच गरिएका थिए । जसले गर्दा विमान इन्जिनहरूले काम गर्न छोडेका थिए । ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, ‘तपाईंले किन काट्नुभयो ?’ र अर्को पाइलटले जवाफ दिन्छन, ‘मैले काटेको होइन ।’

    दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुबै स्विचहरू खुला स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले पुनः प्राप्तिको संकेत देखाए पनि, इन्जिन २ ले काम गर्न सकेन ।

    ‘विमानस्थलबाट प्राप्त सीसीटिभि फुटेजले लिफ्ट–अफपछि तुरुन्तै प्रारम्भिक आरोहणको क्रममा राम एयर टर्बाइन तैनाथ गरिएको देखाएको छ । उडान मार्गको वरपर कुनै चराहरुको गतिविधि समेत देखिएको छैन । विमानस्थलको परिधिको पर्खाल पार गर्नु अघि विमानले उचाइ गुमाउन थाल्यो,’ रिपोर्टमा उल्लेख छ । रिपोर्टले यो पनि देखाएको छ कि दुर्घटनाको समयमा फ्ल्याप सेटिङहरू र ल्यान्डिङ गियर स्थितिहरू सामान्य थिए ।

    लन्डन जाने एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान जुन १२ मा भारतको पश्चिमी राज्य गुजरातको राजधानी गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा रहेको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २४२ जना यात्रुमध्ये एक जना बाहेक सबैको मृत्यु भएको थियो । (एनएनबी/सीसीटीभीप्लस)

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार