शुक्रबार, साउन ४ गते २०८२

रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८२
  • रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

    काठमाडौं । रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् ।रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने  नियन्त्रणमा लिएको दाबी गरेको छ ।

    images

    रूसी वायु रक्षा प्रणालीले विभिन्न स्थानहरूमा १२२ युक्रेनी ड्रोनहरू खसालेको बताएको हो । युक्रेनी वायुसेनाका अनुसार रूसी सेनाले युक्रेनमा ६४ वटा ड्रोन प्रहार गरेको छ । तर युक्रेनी सेनाले ३६ वटा ड्रोन खसालेको दाबी गरेको छ ।

    युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जानकारी दिंदै एक दिनमा फ्रन्टलाइन क्षेत्रमा १६० लडाईंहरू भएका छन्।युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी कर्मचारी, हतियार र सैन्य उपकरणहरू केन्द्रित रहेका १२ क्षेत्रहरूमा प्रहार गरेको बताइएको छ।(सीसीटीभीप्लस)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ