बिहीबार , साउन २१ गते २०८३

जापान र अमेरिकाले गरे अहिलेसम्मकै ठुलो व्यापारिक सम्झौता

जापान र अमेरिकाले गरे अहिलेसम्मकै ठुलो व्यापारिक सम्झौता

अखबार दैनिक
बुधबार, साउन ७ २०८२
  • जापान र अमेरिकाले गरे अहिलेसम्मकै ठुलो व्यापारिक सम्झौता

    साउन ७ काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले यो अहिलेसम्मकै ठुलो सम्झौता भएको बताएका हुन्। सो सम्झौता अनुसार जापानबाट अमेरिका भित्रने सामानमा १५ प्रतिशत कर लाग्ने छ। यसैगरी जापानले अमेरिकामा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ। ट्रम्पले यो सहमतिले अमेरिकामा हजारौँ जनाका लागि नयाँ रोजगारी सिजर्ना हुने विश्वास व्यक्त गरेका छन्।

    जापानले अमेरिकामा कार र धान निर्यात गर्ने गरेको छ। व्यापारिक सम्झौतापछि यो निर्यातको क्रम अझ बढी हुने अपेक्षा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । यो वार्ता एकदमै तनावको समयमा भएको हो। राष्ट्रपति ट्रम्पले अहिलेको सम्झौताले दुवै देशलाई लाभ मिल्ने बताउँदै जापान र अमेरिकाको सुमधुर सम्बन्ध अझ धेरै वर्ष रहने कुरामा आशावादी रहेको उल्लेख गरेका छन्।

    गत वर्ष जापानबाट २९८ मिलियन अमेरिकी डलर बराबरको धान अमेरिका पुगेको थियो। यसै गरी जनवरीदेखि अप्रिलसम्ममा अमेरिकामा ११४ मिलियन अमेरिकी डलर बराबरको धान पुगेका छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार