शुक्रबार, साउन ११ गते २०८२

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ: सभामुख घिमिरे

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ: सभामुख घिमिरे

अखबार दैनिक
बिहीबार , साउन १० २०८२
  • आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ: सभामुख घिमिरे

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

    images

    उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । मागहरू अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने उनले बताए ।

    कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उनले बताए ।  बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने घिमिरेले बताए । सभामुख घिमिरेले बाँस वनस्पतिलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्त्व उल्लेख्य रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ