शनिबार, साउन १२ गते २०८२

भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपालाई घिमिरेको सुझाव

भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपालाई घिमिरेको सुझाव

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८२
  • भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपालाई घिमिरेको सुझाव

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरूलाई सुझाव दिएका छन् ।शुक्रबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिएका हुन् ।

    images

    भिजिट भिसाका बाहिर गएर, उतैको नागरिकता लिनु अन्तर्राष्ट्रिय कानुनअनुसार गलत कार्य भएको उनको भनाइ छ । तर, भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

    उनले जुन पार्टीका धेरै सांसदहरू भिजिट भिसाबाट अहिलेको ठाँउमा आएका छन्, त्यही पार्टी सांसदहरूले बढी भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ