पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।
एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’