बिहीबार , साउन २१ गते २०८३

खान सरको हातमा हजारौँ दिदीबहिनीको माया

खान सरको हातमा हजारौँ दिदीबहिनीको माया

अखबार दैनिक
आइतबार, साउन २५ २०८२
  • खान सरको हातमा हजारौँ दिदीबहिनीको माया

    कोचिङ र शिक्षा क्षेत्रको ठूलो नाम बनिसकेका खान सर प्रायः चर्चामा रहने गर्छन्। केही दिनअघि मात्र आफ्नो विवाहबारे चर्चामा रहेका उनी अहिले रक्षा बन्धनको अवसरमा बनेका तस्बिर र भिडियोले फेरि सामाजिक सञ्जाल तातेका छन्। खान सरले पटना स्थित एसके मेमोरियल हलमा हजारौँ छात्रासँग राखीको पर्व मनाए। यस अवसरमा उनका हातमा हजारौँ छात्राले राखी बाँधेर मिठाई खुवाए।

    यस कार्यक्रमका लागि ठूलो संख्यामा छात्रा पुगेका थिए, जो सबै उनका कोचिङमा पढ्ने हुन्। खान सरको हात राखीले यति भरियो कि हात निकै भारी भयो र रगतको सञ्चार (ब्लड सर्कुलेशन) समेत प्रभावित भयो। खान सरका अनुसार उनका सबै विद्यार्थीहरू उनीका लागि दाजु–बहिनीसरह हुन्।

    १ सय ५६ प्रकारका परिकार
    खान सरले भने, ‘हरेक राज्यबाट यहाँ दिदीबहिनीहरू राखी बाँध्न आएका छन्। सबैलाई यति मात्र भन्न चाहन्छु हाम्रो रक्षा बन्धन भारतको गौरव हो। हाम्रो संस्कृति जोगाएर राख्नुपर्छ। हामी भाग्यशाली छौँ । यति धेरै माया पायौँ । लाखौँ बहिनीहरूले राखी बाँधिदिनुभयो।’

    उनका अनुसार, यो अवसरका लागि खानपिनको विशेष व्यवस्था गरिएको थियो र १ सय ५६ प्रकारका पकवान बनाइएका थिए। राखीको संख्या यति धेरै थियो कि रगतको प्रवाह नै रोकिएको अनुभव भयो। उनले थपे, ‘हामी सधैँ आफ्ना छात्राहरूलाई बहिनी मानेर पढाउँछौँ।’

    यो पहिलो पटक होइन, खान सरले हरेक वर्ष यसैगरी आफ्ना छात्राहरूसँग राखीको पर्व धूमधामका साथ मनाउने गरेका छन्। यस अवसरमा हजारौँ छात्रा आउने, राखी बाँध्ने र खान सरको तर्फबाट विशेष भोजनको व्यवस्था हुने परम्परा निरन्तर रहँदै आएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार