सोमबार, भदौ १५ गते २०८३

युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छः खेलकुदमन्त्री चौधरी

युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छः खेलकुदमन्त्री चौधरी

अखबार दैनिक
मंगलबार, साउन २७ २०८२
  • युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छः खेलकुदमन्त्री चौधरी

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताउनुभएको छ । आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण, सीप र तालिमको माध्यमबाट रोजगारी सृजना गर्न निर्देशन दिनुभयो ।

    परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री चौधरीले यही साताभित्र युवा नीति सार्वजनिक गर्ने जानकारी दिनुभयो । “कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले साहस, प्रतिबद्धता र नवप्रवर्तनप्रति रुचि देखाएका छन्”, उहाँले भन्नुभयो, “युवाजनशक्तिको सहभागितामा ठूलो परिवर्तनको हामीले अनुभव गर्न पाएका छौँ ।”

    सोही कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गर ह्याम्डीले युवा दिवस केवल उत्साह मात्र नभई सहकार्य र प्रतिबद्धताको अवसर भएको स्मरण गराउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा भविष्यका कर्णधारसँगै वर्तमानको साझेदार भएकाबारे चर्चा गर्नुभयो ।

    संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको १२ अगस्तलाई अन्तरराष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालले यस वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित यो दिवस मनाउँदैछ । राष्ट्रिय युवा परिषद्ले सो कार्यक्रम आयोजना गरेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ