मंगलबार, भदौ २५ गते २०८२

कैलाश कोइरालाले ल्याउँदैछन् ‘प्रेम शङ्कु’ कविता संग्रह

कैलाश कोइरालाले ल्याउँदैछन् ‘प्रेम शङ्कु’ कविता संग्रह

अखबार दैनिक
बुधबार, भदौ १२ २०८२
  • कैलाश कोइरालाले ल्याउँदैछन् ‘प्रेम शङ्कु’ कविता संग्रह

    नेपाली कांग्रेस चितवनका युवा नेता एवं लेखक कैलाश कोइरालाले नयाँ कविता संग्रह पुस्तक बजारमा ल्याउँदै छन् । धर्म, संस्कृतिलाई रक्षा गर्ने उद्देश्यले कविता संग्रह ‘प्रेम शङ्कु’ पुस्तक कोइरालाले बजारमा ल्याउन लागेका हुन् ।

    यहीँ शनिबार विहान १०ः३० बजे देवघाटस्थित वागेश्वरि आध्यामिक परिषद, योग नरहरिनाथ चिकिस्सालय परिसरमा पुस्तक विमोचन गर्न लागिएको लेखक कोइरालाले जानकारी दिए । विपि पुत्र नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको छ ।

    कविता संग्रहमा रहेको कविताको एक अंश लेखक कोइरालाले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

    सार्वजनिक अंश यस प्रकारको छ ।

    देवभुमि मा चर्च बनाएर
    तीर्थस्थलमा खिष्ट भजन छ
    देशमा दुराचार भष्टचार छ
    दस्यू दल मातृभूमिको व्यापारी छ
    जनजीवन सम्पति रक्षक
    स्वंय आफै भक्षक भैराखेको छन्
    अर्ति शिक्षा–दिक्षा होईन
    निष्पक्ष परीक्षा, आत्मा परीक्षा होइन
    त्याग, तपस्या, तितिक्षा होइन
    त्यो मातृभुमिको रक्षा होईन
    एक मात्र हो ?
    जाग्रत ! जाग्रत ! जाग्रत !

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ