बिहीबार , साउन २१ गते २०८३

पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्वीकार

पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्वीकार

अखबार दैनिक
आइतबार, भदौ २२ २०८२
  • पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्वीकार

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।

    अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए । तर जेलेन्स्कीले मास्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लामो समयदेखि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको दबाब दिइरहेका छन् । उनले हालै अलास्कामा पुटिनसँगको शिखर बैठकको मुख्य उद्देश्य पनि यही भएको बताएका थिए । ट्रम्पका अनुसार जेलेन्स्कीको वाशिङटन भ्रमण र युरोपेली नेतासँग छलफलपछि वार्ता सम्भव हुने भए पनि, मस्कोले थप सर्त राख्दै युक्रेनी शहरहरूमा आक्रमण तीव्र बनाएपछि प्रक्रिया रोकिन पुगेको हो ।

    जेलेन्स्कीले क्रेमलिनले व्यक्तिगत वार्ता सम्भावनाको विकल्प सार्वजनिक गरेको कुरा मात्र पनि एउटा उपलब्धि भएको बताए । तर, उनले निरन्तर आक्रमण भइरहँदा वार्ता हुन नसक्ने दोहो¥याए । यसैबीच, जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले एकहजार तीनसय भन्दा बढी ड्रोन, करिब नौ सय मार्गदर्शित बम र ५० भन्दा बढी विभिन्न प्रकारका क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको जनाए । यी आक्रमणहरूले देशका १४ वटा प्रदेश प्रभावित पारेको उनले बताए ।

    पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्वीकारवार्ता प्रक्रिया रोकिनुका बारेमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने,‘केही न केही हुन्छ, तर उनीहरू अझै तयार छैनन् । हामी त्यसलाई गराउँछौँ ।’ तर उनले अमेरिकाले स्वीकार गर्ने समयरेखा भने खुलाएनन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार