काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् ।
बालेनले उनलाई आज मङ्गलबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर साम्पाङलाई जवाफ दिएका छन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन,’ बालेनले लेखेका छन्, ‘एक तर्फी नै सही, तर मेरो माया साँचो हो’ उनले अङ्ग्रेजीमा समेत लेखेका छन्, ‘यू आर माइ ट्रु लभ’ बालेनको हाँस्यरस मिसिएको यस स्टाटस तत्कालै भाइरल भइरहेको छ ।