ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको आफ्नो मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन्।
