बिहीबार , असोज ३ गते २०८२

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइयो

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइयो

अखबार दैनिक
बिहीबार , असोज ३ २०८२
  • गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइयो

    विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । 

    गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगायतले शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको योगदानको स्मरण गरे ।त्यस्तै उनले जेन-जी युवाहरूले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने काम भएको आरोप लगाए ।

    जेन-जी आन्दोलनको छानबिन गर्नुपर्ने उनले बताए । उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिटै बस्ने र जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने धारणा राखे । विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

    विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित सिंहले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका थिए । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ