बिहीबार , साउन २१ गते २०८३

गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

अखबार दैनिक
सोमबार, असोज २० २०८२
  • गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न आग्रह गरेका छन् । हमास र इजरायलबीच अप्रत्यक्ष शान्ति वार्ताका निम्ति मध्यस्थकर्ता आज इजिप्टमा भेट्ने कार्यक्रम छ ।

    हमासले २० बुँदे अमेरिकी शान्ति योजनाका केही भागमा सहमति जनाएको समयमा यो वार्ता हुँदै छ । उक्त योजनामा बन्धक मुक्त गर्ने र गाजाको शासन प्यालेस्टाइनी प्राविधिकलाई हस्तान्तरण गर्ने विषय समावेश छ । तर, हमासले अरू मुद्दामा वार्ता गर्न खोजिरहेको छ ।

    वार्ता धेरै सफल भएको भन्दै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, “पहिलो चरण यो हप्ताभित्र पूरा हुनुपर्छ र म सबैलाई छिटो अघि बढ्न आग्रह गर्दछु ।” अमेरिकी राष्ट्रपतिले समयको महत्त्व रहेको भन्दै नत्र ठूलो रक्तपात हुने बताए ।पत्रकारसँग यसअघि ट्रम्पले बन्धक धेरै चाँडै मुक्त गर्न सुरु गरिनेछ भन्ने आफूलाई लागेको बताएका थिए ।

    आफ्नो शान्ति योजनामा लचकताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामीलाई लचकता चाहिँदैन, किनभने सबैले यसमा लगभग सहमति जनाइसकेका छन् । तर, सधैँ केही परिवर्तन हुनेछन् ।”

    उनले थपे, “यो इजरायलका निम्ति ठूलो सम्झौता हो । यो सम्पूर्ण अरबजगत्, मुस्लिमजगत् र संसारका निम्ति ठूलो सम्झौता हो । त्यसैले हामी यसबाट धेरै खुसी छौँ ।” बीबीसी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार