बिहीबार , साउन २१ गते २०८३

हमासले सातजना इजरायली बन्धकलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो

हमासले सातजना इजरायली बन्धकलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो

अखबार दैनिक
सोमबार, असोज २७ २०८२
  • हमासले सातजना इजरायली बन्धकलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो

    इजरायली मिडियाका अनुसार हमासले सात इजरायली बन्धकहरूलाई गाजामा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ । इजरायली सेनाले यसको पुष्टि  गरेको छ। सेनाले भनेको छ,' सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ। रेडक्रसले उनीहरूलाई ल्याइरहेको छ।'

    हमासले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार उसले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पिएको छ। यसअघि रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई फिर्ता ल्याउन गएको जानकारी आएको थियो।

    उत्तरी गाजा पट्टीबाट बन्धक बनाइएकाहरूलाई इजरायल ल्याउने काम रेडक्रसका अधिकारीहरूलाई सुम्पिएको छ। यहाँ, यी बन्धकहरूलाई इजरायलबाट एउटा किट दिइनेछ, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनकी श्रीमती सारा नेतान्याहूले लेखेको पत्र र ल्यापटप, मोबाइल फोन, ट्याब्लेट र लुगाहरू हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार