बाङ्ग्लादेशको राजधानी ढाकाको मिरपुर क्षेत्रमा एउटा गार्मेन्ट कारखानामा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
अग्निशमन निकायका अनुसार अहिलेसम्म फेला परेका सबै शव चिन्न नसकिने अवस्थामा छन्। उक्त कारखानामा मङ्गलवार दिउँसो आगो फैलिन सुरु भएको थियो। आगो नियन्त्रण गर्न तीन घण्टाजति लागेको थियो। तर नजिकै अवस्थित रासायनिक पदार्थको गोदाममा फैलिएको आगो भने नियन्त्रण हुन नसकेको अधिकारीहरूले बताए।

प्रतिक्रिया दिनुहोस