आइतबार, कात्तिक १८ गते २०८२

क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर

क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर

अखबार दैनिक
आइतबार, कात्तिक १८ २०८२
  • क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर

    लन्डन । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते भएका छन् । ब्रिटिश यातायात प्रहरीले यस्तो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।

    डोनकास्टरबाट किंग्स क्रस जाने रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । तीमध्ये नौ जनाको अवस्था गम्भीर छ । प्रहरीले यसलाई ठुलो घटना भनेको छ । 

    आतंकवाद विरोधी अधिकारीहरूले पनि अनुसन्धान गरिरहेका छन् । ब्रिटिश यातायात प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट क्रिस केसीले आक्रमणलाई स्तब्ध पार्ने घटना बताए । घटनाको कारण केह हो भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । क्याम्ब्रिजशायरमा रेल सेवाहरू निलम्बन गरिएको छ र अर्को सूचना नभएसम्म सडकहरू बन्द रहने बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार