मंगलबार, मंसिर ४ गते २०८२

हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि तनावपूर्ण बङ्गलादेश, २ को मृत्यु

हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि तनावपूर्ण बङ्गलादेश, २ को मृत्यु

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८२
  • हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि तनावपूर्ण बङ्गलादेश, २ को मृत्यु

    बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण रहेको समाचारहरुमा जनाइएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि स्थिति खराब भएको हो ।

    अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले हसिनालाई गत वर्षको विद्यार्थी विरोध प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा सोमबार मृत्युदण्डको सजाय सुनाएको हो । हसिना विरुद्धको फैसलापछि, विद्यार्थीहरूको एक समूहले फेरि एक पटक उनको पुर्ख्यौली घरमा तोडफोड गरे । यस क्रममा दुई जनाको मृत्यु भएको छ ।

    ढाका ट्रिब्यूनको एक रिपोर्टअनुसार, ढाका कलेजका विद्यार्थीहरूको एक समूह शेख हसिनाका बुबा शेख मुजिबुर रहमानको ऐतिहासिक घर रहेको धनमन्डी–३२ क्षेत्रमा बुलडोजर लिएर आइपुगे । उनीहरुले यसलाई भत्काउने योजना बनाएका थिए । तर, सुरक्षा बलले पहिले नै बाटो अवरुद्ध गरे । जब ​​भीडले ब्यारिकेडहरू तोड्न थाल्यो, प्रहरीले उनीहरूलाई तितरबितर पार्न लाठी, ध्वनि ग्रेनेड र बल प्रयोग गर्यो । स्थिति नियन्त्रण गर्न विभिन्न स्थानमा सेना तैनाथ गरिएको थियो ।

    गत वर्षको आन्दोलनमा आंशिक रूपमा जलेको हसिनाको घर अझै पनि कडा सुरक्षामा छ । उसो त ढाका र अन्य शहरहरूमा आगजनी, बम विस्फोट र राजनीतिक झडपहरूका खबर पनि आएका छन् । स्थानीय मिडियाका अनुसार, फैसला अघि र पछि लगभग ५० वटा सवारी साधनमा आगजनी भएको छ ।

    फैसलाबारे विभाजित छन् जनता
    गोपालगञ्ज, मौलभीबजार, गाजीपुर र आशुलिया जस्ता संवेदनशील क्षेत्रहरूमा हिंसा देखिएको छ । यो फैसलालाई लिएर जनता विभाजित देखिएका छन् । मृतक विद्यार्थीका परिवार र विपक्षी समर्थकहरूले यसलाई न्यायको जीत भन्दै मिठाई बाँडे भने शेख हसिनाको पार्टी, अवामी लिगले बन्दको घोषणा गरेको छ । – एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ