बिहीबार , साउन २१ गते २०८३

हङकङमा भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता

हङकङमा भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०८२
  • हङकङमा भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता

    काठमाडौं । हङकङको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । ७६ जना घाइते छन् । करिब ३०० जना सम्पर्कविहीन छन् ।बुधबार ताई पो जिल्लाका आठमध्ये सात भवनमा फैलिएको आगो अब नियन्त्रणमा रहेको जनाइएको छ ।

    सुरक्षा कमजोरीका कारण मानिसमा आक्रोश बढेको एक बासिन्दाले बताएका छन् । ती स्थानीयले भने, “यो दुर्घटना रोकिन सक्थ्यो ।”आगलागीका बेला उक्त कम्प्लेक्समा कति मानिस उपस्थित थिए भन्ने स्पष्ट छैन । कम्प्लेक्समा लगभग ४६ सयजना बसोबास गर्ने गरेका तथ्यांक छ ।

    भवनमा कसरी आगलागी भयो भन्ने पनि यकिन भइसकेको छैन । भवनको बाहिर प्रयोग गरिएको सामग्री आगो रोक्न सक्ने गुणस्तरको (फायरप्रुफ) नरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार