बिहीबार , साउन २१ गते २०८३

मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

अखबार दैनिक
सोमबार, पुस १४ २०८२
  • मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

    मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ ।मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए ।

    ९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले बताएको छ । निजान्डा सहर नजिकै मोडमा घुम्ने क्रममा रेल पटरीबाट खसेको अधिकारीहरूले भनेका छन् । दुघर्टनाको अनुसन्धान भइरहेको मेक्सिकोका महान्यायाधिवक्ताले पुष्टि गरेका छन् ।

    घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बताएकी छन् । नौसेना सचिवसहित उच्च‍स्तरका अधिकारीहरू दुर्घटनास्थलमा गइरहेका उनले जानकारी दिइन् ।दुर्घटनास्थलका तस्बिरहरूमा उद्धारकर्मीहरूले यात्रुहरूलाई रेलबाट ओर्लन मद्दत गरिरहेको देखाइएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार