बिहीबार , साउन २१ गते २०८३

स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

अखबार दैनिक
मंगलबार, पुस १५ २०८२
  • स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

    स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् । यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार सोमबार दिउँसो करिव १ बजे घटेको थियो ।

    बास्क क्षेत्रबाट आएका भनिएका ती पर्वतारोहीहरू करिव २ हजार ७ सय मिटरको उचाईमा रहँदा हिउँपहिरोले उनीहरूलाई पुरेको थियो । सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानका अनुसार हिउँको ठूलो ढिक्का फुटेर तल खस्दा यो दुर्घटना भएको हो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार