बिहीबार , साउन २१ गते २०८३

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

अखबार दैनिक
शुक्रबार, पुस २५ २०८२
  • फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

    फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो ।

    सो घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो ।

    घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् । फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार